पात्रो

रेडियो

समाचार खोजी

कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री

साझा अर्थ संवाददाता २६ साउन २०८१, शनिवार

स्याङ्जा: स्याङ्जा वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । गत आर्थिक वर्षमा सहकारीले रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो ।
सहकारीमा आबद्ध कृषक शेयर सदस्यहरुले आ-आफ्नो खेतबारीमा उत्पादन गरेका सागसब्जी सहकारीले सङ्कलन गरी बिक्री गर्दै अइरहेको अध्यक्ष अर्जुनप्रकाश अर्यालले जानकारी दिनुभयो । कृषकले विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याउने तथा  सहकारीले स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौँ लगायतका  बजारमा पठाउने गरेको उहाँको भनाई रहेको छ ।  कृषकले कति परिमाणमा सामग्री ल्याउँछन् त्यसको अभिलेख राखि विक्री भएपछि कृषकको खातामा रकम हालिदिने गरिएको छ । विक्री परिमाणका आधारमा प्रतिकिलो तीन रुपैयाँ सहकारीले लिने गरेको छ । सो  रकमबाट कृषकहरुलाई तालिम दिने, अबलोकन भ्रमण गराउने गरिएको सहकारीले जनाएको छ ।

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ