पात्रो

रेडियो

समाचार खोजी

कर्णाली डेभलप्मेन्ट बैंकको शेयर कारोबार रोक्का गर्नुको कारण माग

साझा अर्थ संवाददाता १६ पुष २०८१, मङ्गलवार

कर्णाली डेभलप्मेन्ट बैंकको शेयर कारोबार स्थगन कुन कानुनको आधारमा गरिएको भन्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डमा सुचनाको हक अन्तरगत निबेदन दर्ता गरएका छन् । धितोपत्र बोर्डले नेप्सेलाई कर्णाली डेभलप्मन्ट बैंकको शेयर किनबेच स्थगन गर्न पठाएको पत्र कुन कानुनले दिएको अख्तियार प्रयोग गरिएको भन्ने निबेदनमा प्रश्न गरिएको छ । निबेदकहरु दिपेन भण्डारी, सन्तोष भन्डारी, यादव थापा र लक्ष्मढा महताराले दर्ता गराएको निवेदनमा भनिएको छ ‘कर्णाली डेभलप्मेन्ट बैंकको धितोपत्र कारोबार स्थगन गर्नको लागि कुन कानूनको आधारमा नेप्सेलाइ पत्राचार गरिएको हो ? नेपाल धितोपत्र बोर्डलाई कुन कानूनले दिएको अधिकार प्रयोग गरिएको हो ?’ 

संबिधानको धारा २७ अनुसार आफूहरुले सार्वजनिक सरोकारका बिषयमा सुचनाहरु माग गरिएको निवेदनमा उल्लेख छ । तसर्थ माग गरिए अनुसारका सुचना छिटो उपलब्ध गराउन निवदेकहरुले आग्रह गरेका छन् । 

1158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु