पाँच महिनामा ४५ हजारले बिमा पोलिसी सरेन्डर गरेका छन् । यो अवधिमा ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँबराबरको जीवन बिमा व्यवसाय बिमाशुल्क संकलन भएकोमा ६ अर्ब १० करोड रुपैयाँबराबरका पोलिसी सेरेन्डर भएको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
गत आवको पाँच महिनामा ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँको जीवन बिमा व्यवसाय भएको थियो । सो अवधिमा पाँच अर्ब ५३ करोड दुई लाख रुपैयाँबराबरको पोलिसी सरेन्डर भएको थियो ।
पछिल्लो समय कायम आर्थिक शिथिलताका कारण पनि बिमा सरेन्डर उच्च छ ।
साझा अर्थ संवाददाता