पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम सिमेन्टको संस्थागत र सामुहिक लगानी कोषलाई छुट्याइएको लकइन अवधि सकिँदै

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार

 सर्वोत्तम सिमेन्ट कम्पनीको संस्थागत लगानीकर्ता तथा सामुहिक लगानी कोषका लागि छुट्याइएको साधारण सेयरको लकइन अवधिको समय एक महिनापछि सकिने भएको छ ।


कम्पनीको योग्य संस्थागत लगानीकर्ता तथा सामुहिक लगानी कोषको लकइन अवधि २०८१ भदौ २५ गते सकिने भएको छ ।

सर्वोत्तम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोड मध्ये १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता साधारण सेयर मध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो ।

सर्वसाधारणका लागि निष्काशन गर्न छुट्टयाईएको सेयर मध्य ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुको लागि छुट्टयाई बाँडफाँड गरेको थियो । बाँकी सेयर सर्वसाधारणलाई २०८० फागुन २५ गते बाँडफाँड गरिएको थियो ।

247 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्