पात्रो

रेडियो

समाचार खोजी

बिमा कम्पनीलाई घर जग्गा खरिदमा कडाई

साझा अर्थ संवाददाता १४ पुष २०८१, आइतवार

अब जीवन बिमा कम्पनीले दाबी भुक्तानीबापत बिमित तथा हकवालालाई भुक्तानी गर्नुपर्ने रकमबाट अर्काे बिमा गराउन नपाउने भएका छन् । नेपाल बिमा प्राधिकरणले शुक्रबार एक परिपत्र जारी गर्दै त्यसमा रोक लगाएको हो ।

बिमा कम्पनीहरूले दाबी भुक्तानीबापत दिनुपर्ने रकमबाट अर्काे बिमा गराउँदै आएको गुनासो आएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । त्यसबापतको शुल्क दाबी रकमबाट कटाएर बाँकी रकम बिमित तथा हकवालालाई भुक्तानी दिने गरेका थिए । तर, अब दाबी भुक्तानी रकम अर्काे बिमालेखको शुल्कमा समायोजन गर्न नपाउने प्राधिकरणको निर्देशन छ । 

कम्पनीले बिमित तथा हकवालालाई छुट्टै बिमा गराउन पाउनेछन् । तर, त्यसबापतको शुल्क छुट्टै प्राप्ति गर्नुपर्ने बताइएको छ । भुक्तानीबापतको रकमबाट समायोजन गर्न नपाइने प्राधिकरणको भनाइ छ । त्यसबापतको सबै रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्नुपर्ने निर्देशनमा उल्लेख छ । ‘जीवन बिमकले दाबी भुक्तानीबापत बिमित वा हकवालालाई कानुनबमोजिम भुक्तानी गर्नुपर्ने रकम बिमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बिमालेख जारी गरी रकम समायोजन गर्न पाइनेछैन,’ निर्देशनमा भनिएको छ । 

यस्तै, कम्पनीले बिमा दाबी निवेदन प्राप्त भएपश्चात् सोको दर्ता गरी, यथाशीघ्र बिमितलाई एसएमएसमार्फत जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ । निर्जीवन बिमाको क्षति मूल्यांकन गर्न सर्भेयर खटाँउदा सोको जानकारी पनि एसएमएसमार्फत बिमितलाई गराउनुपर्ने बताइएको छ । कम्पनीले सर्भे प्रतिवेदन प्राप्त भएपश्चात् पनि एसएमएसमार्फत बिमितलाई जानकारी गराउनुपर्ने प्राधिकरणको भनाइ छ । 

साथै, यसको दाबी भुक्तानी पनि सम्बन्धित पक्षको बैंक खातामै गर्नुपर्ने निर्देशनमा उल्लेख छ । त्यसमा डिजिटल माध्यम प्रयोग गरेरसमेत भुक्तानी गर्न सकिने प्राधिकरणको भनाइ छ ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ