काठमाडौं । स्वर्णिम होटल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । ९ पुसमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारण सभामा प्रस्तुत गर्ने भएको हो ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
साझा अर्थ संवाददाता