पात्रो

रेडियो

समाचार खोजी

निर्जीवन बीमकहरुले गरे १७ अर्ब १७ करोड प्रिमियम संकलन

साझा अर्थ संवाददाता ११ पुष २०८१, बिहिवार

 

काठमाण्डौ ।    चालु आवको ५ महिनासम्ममा निर्जीवन बीमकहरुले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  
यो गत आवको सोही अवधिसम्मको तुलनामा ९.२७ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड प्रिमियम संकलन गरेका थिए ।  
चालु आवको मंसिरसम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेनसले १ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  शिखर इन्स्योरेन्सले १ अर्ब ७४ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड, हिमालयन एभरेष्टले १ अर्ब ४० करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब १२ करोड, युनाइटेड अजोडले १ अर्ब २ करोड, सानिमा जिआइसीले ९९ करोड ७४ लाख, नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।   

263 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ