पात्रो

रेडियो

समाचार खोजी

पाँच महिनामा जिवन बिमा कम्पनीले संकलन गर्यो ६६ अर्बभन्दा बढी प्रिमियम

साझा अर्थ संवाददाता १० पुष २०८१, बुधवार



चालु आवको पाँच महिनामा जिवन बिमा कम्पनीहरुले ६६ अर्ब १४ करोड ५३ लाख रुपियाँ बीमाशुल्क संकलन भएको छ । त्यसमा २०८१ साउन देखि २०८१ मङ्सिरसम्मसम्मको अवाधिमा संचालनमा रहेका १४ बीमा कम्पनीले कुल ६५ अर्ब ७४ करोड १८ लाख  प्रिमियम संकलन गरेका छन् भने लघुबीमा ४० करोड ३४ लाख रुपियाँ संकलन गरेका छन् ।
समीक्षा अवधीमा सबै भन्दा धेरै बीमाशुल्क संकलन नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ७६ करोड ४८ लाख संकलन गरेको छ । यसैगरी दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सात अर्ब ९८ करोड ६८ लाख, तेस्रो स्थानमा एलआईसी नेपालले सात अर्ब ६६ करोड ३६ लाख बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख, सूर्यज्योति लाइफले तीन अर्ब ९९ करोड ६८ लाख, एसियन लाइफले तीन अर्ब ३६ करोड चार लाख, सिटिजन लाइफले दुई अर्ब ६५ करोड ५४ लाख, सानिमा लाइफले दुई अर्ब ५९ करोड ७५ लाख  बीमाशुल्क संकलन गरेका छन् । 

मेट लाइफले दुई अर्ब ३३ करोड २० लाख, राष्ट्रिय जीवनले दुई अर्ब २५ करोड ८१ लाख, प्रभु महालक्ष्मीले एक अर्ब ९४ करोड २५ लाख, रिलायवल नेपालले एक अर्ब ९२ करोड १५ लाख, आईएमई लाइफले एक अर्ब ८९ करोड ४९ लाख र सन नेपाल लाइफले एक अर्ब ५७ करोड ५६ लाख बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी लघुबीमा तर्फ गार्डियन माइक्राले १५ करोड ५७ लाख, क्रेष्ट माइक्रो १४ करोड ७८ लाख र लिवर्टी माइक्रो नौ करोड ९८ लाख बीमाशुल्क संकलन गरेको छ ।
 

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ