काठमाडौं उपत्यकामा जारको पानी ४७ रुपैयाँभन्दा बढीमा बिक्री गरे कारबाही हुने भएको छ । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको पाइएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य ९एमआरपी० समान कायम राख्न सूचित गराएको हो ।
खासगरी होटलररेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौतागरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन् ।
विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर)को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ । एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।
यी मूल्यभन्दा फरक पर्नेगरी होटलररेस्टुरेन्टसँग सम्झौतागरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानूनअनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।
साझा अर्थ संवाददाता