पात्रो

रेडियो

समाचार खोजी

बूढीगण्डकी परियोजनालाई बजेट मार्फत सम्बोधन नगरेको भन्दै सांसद् बजगाईँले गराए अर्थमन्त्रीकाे ध्यानाकर्षण

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

काठमाडौं । नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाईँले बूढीगण्डकी परियोजनालाई बजेट मार्फत सम्बोधन नगरेको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन् ।

 

आज प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफू गोरखाको रहेको सङ्केत गर्दै बूढीगण्डकीमा प्रधानमन्त्री सहित आफू पनि अन्यायमा परेको बताएका हुन् । बूढीगण्डकी जलविद्युत आयोजनाको बारेमा अर्थमन्त्रीको चासो देखिएन भनेर स्थानीयले भनिरहेको पनि उनलेबताएका छन् ।

 

गोरखाको चुम नुब्री गाउँपालिका छेकम्पार निवासी राप्के लामा र कर्मा छेदेन लामालाई चीन सरकारले नियन्त्रणमा लिएको बारे आफूले सरकारलाई जानकारी गराएको र त्यसबारे के भइरहेको छ भन्दै जवाफ माग गरेका छन् ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ