पात्रो

रेडियो

समाचार खोजी

पैयुुँ गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न

साझा अर्थ संवाददाता २२ साउन २०८१, मङ्गलवार

पोखरा:  पर्वत जिल्लाको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । सो भवन भवन रु पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० लागतमा निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाको वडा नम्बर चार हुवासस्थित भकुण्डे वगरमा निर्माण गरिएको भवन निर्माण सम्पन्न भइ कार्यलय सञ्चालनको तयारी भई रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो ।
नवनिर्मित प्रशासकीय भवन साढे तीन तलाको रहेको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । प्रशासकीय भवन निर्माणको ठेक्का विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले पाएको थियो ।

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ