पात्रो

रेडियो

समाचार खोजी

बन्दीपुरका किसानहरु भुुइँकटहर खेतिबाट राम्रो आमदानी गर्दै

साझा अर्थ संवाददाता २२ साउन २०८१, मङ्गलवार

नवलपरासी(पूर्व):बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका वडा नम्बर पाँच बन्दीपुका किसानहरु भुुइँकटहर खेतिबाट राम्रो आमदानी गर्न सफल भएका छन् । बन्दीपुर का पाखाहरुमा कटहर फस्टाएसँगै उनीहरु राम्रो आमदानी गर्न सफल भएका हुन् । 
करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाउनुभएका बन्दीपुरका तुलबहादुर फालमगरले गत वर्ष खर्च कटाएर रु दुई लाख ५० हजार आम्दानी गर्नुभएका उहाँले यस वर्ष भुइँकटहर राम्रो भएकाले रु तीन लाख बढी आम्दानी हुने बताउनुभयो । यो फल खेति गर्दा वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ 
अहिले बन्दीपुरका किसानहरुले भुइँकटर प्रतिगोटा रु ५५ देखि रु एक सयसम्ममा बिक्री गर्ने गरेका छन् । भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको स्थानीय कृषकहरुले बताउनुभयो । पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार पुर्याउनुपर्ने बाध्यता रहेकामा अहिले गाउँमै कालोपत्रे सडक पुुगेकोले सहज भएको छ । 
 गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे-कीर्तिपुर-बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो । एक हेक्टर क्षेत्रमा भुइँकटर लगाउनुभएका होमबहादुर यसको बिक्रीबाट आउने आम्दानीले घरखर्च चलाउन सहज हुने जानकारी दिनुहुन्छ ।     
बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटर लगाएका छन् । दुई याममा उत्पादन हुने भुइँकटहर यहाँका स्थानीयको आम्दानीको राम्रे स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ । गत वर्षमात्र यहाँका किसानले करिब रु ५० लाख बराबरको भुइँकटहर बिक्री गरेको स्थानीयहरुले जानकारी दिएका छन् ।     
देवचुली नगरपालिकाअन्तर्गत पर्ने बन्दीपुर गाउँमा राम्रो भुइँकटर उत्पादन हुने भएकाले यस गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी चालु आर्थिक वर्षमा कार्यक्रम तय गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुु भएको छ ।

345 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता