पात्रो

रेडियो

समाचार खोजी

कतार एयरको भैरहवा उडान बन्द

साझा अर्थ संवाददाता १८ मंसिर २०८१, मङ्गलवार



कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २७ कात्तिकदेखि १५ मंसिरसम्म लिएको उडान अनुमतिको समय सकिएको छ । कतारले वाइडबडी एयरबस ३३० विमानबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गरेको थियो । 
आइतबारदेखि कतारको भैरहवा उडान बन्द भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । 
अहिलेसम्म कतारले भैरहवामा ३८ वटा उडान–अवतरण गरेको छ । जसमार्फत ९३ जना यात्रु मात्र भैरहवा झरेका छन् भने १२ सय तीन यात्रु दोहाबाट भैरहवा ट्रान्जिट भएर काठमाडौं झरेका छन् । यसबिचमा दोहा जानका लागि भैरहवाबाट एकजना पनि यात्रु नचढेको भैरहवा विमानस्थलको तथ्यांकले देखाएको छ । भैरहवामा अहिले एयर एसिया, फ्लाई दुबई, जजिरा एयरवेज र नेपाल वायुसेवा निगमले मात्र नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । 

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ