पात्रो

रेडियो

समाचार खोजी

वैदेशिक रोजगारीमा रहेकालाई गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सको आइपिओ १९ मंसिरदेखि

साझा अर्थ संवाददाता ११ मंसिर २०८१, मङ्गलवार

 

काठमाण्डौ । गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि  मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ ।  
कम्पनीले  अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गर्न लागेको हो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।  

 
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

 यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।   आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।   

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता