सेबोन अध्यक्षमा तीनजना सिफारिस, आज मन्त्रीपरिषदले नियुक्त गर्न सक्ने
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीनजना उम्मेदवारको नाम सिफारिस गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी संयोजकत्वको समितिले मन्त्रिपरिषद्समक्ष सन्तोषनारायण श्रेष्ठ, डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको हो ।
आइतबार समितिले कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको थियो । यद्यपि, चापागाईं नआएपछि समितिले कार्की र अधिकारीसँग मात्रै अन्तर्वार्ता लिएको छ ।
गत १८ असोजमा अध्यक्षका लागि समितिले तीनजना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । सो समयमा समितिका संयोजक प्रा.डा. अधिकारी अस्वस्थ भएपछि नियुक्ति प्रक्रिया स्थगित भएको थियो ।
यसअघि सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता दिइसकेका छन् । सोमबारको मन्त्रिपरिषद्को नियमित बैठकले अध्यक्ष नियुक्तिको निर्णय गर्न सक्ने अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
68
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो