्
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।
गत आर्थिक वर्ष २०८०र०८१ को नाफाबाट बोनस १३.७७ प्रतिशत र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी आवको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
संस्थाले २०८१ पुस ६ गते बार्षिक साधारणसभा गर्न मंसिर १४ गते बुक क्लोज गर्ने जनाएको छ । मंसिर १३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सकिन्छ ।
साझा अर्थ संवाददाता