पात्रो

रेडियो

समाचार खोजी

एनएमबि बैंकको १ लाख ८० हजार सस्थापक शेयर बिक्री खुला

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार



काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता शेयरको बिक्री खुलाएको छ ।  जोकोही व्यक्ति वा संघसंस्थाले  प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपियाँ तोकिएको उक्त शेयर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले  न्यूनतम ५ हजार कित्ता वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

इच्छुक खरिदकर्ताले आज  मंसिर २३ गतेसम्म बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र दररेट खुलाई गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । 
गोप्य शिलबन्दी मंसिर २४ गते आइतबार दिउँसो ३ बजेभित्र एनएमबि क्यापिटलको कार्यालमा खोलिनेछ । 

230 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता