पात्रो

रेडियो

समाचार खोजी

३१.३१ अंकले घट्दै नेप्से २६८० को विन्दुमा

साझा अर्थ संवाददाता ६ मंसिर २०८१, बिहिवार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्दै बन्द भएको छ ।  बिहिबार ३१.३१ अंकले घट्दै २६ सय ८० को विन्दुमा नेप्से बन्द भएको छ ।

आज कारोबार अवधिभर ३ सय १४ कम्पनीका १ करोड ८४ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब २६ करोड ७६ लाख रुपैयाँ माथि पुगेको छ । यो अघिल्लो कारोबार दिन बुधबारको तुलनामा केहि बढी हो ।

आज कारोबारमा आएकामध्ये १ सय ९७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । त्यसमध्ये पनि आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बिहीबार सूचक घटेपनि सामुदायीक लघुवित्त वित्तीय संस्था र थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, जानकी फाइनान्सको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। 

बिहीबार बैंकिङ समूहको सेयर मूल्य ०.९० प्रतिशतले घट्दा विकास बैंक समूहको १.४७ प्रतिशत, फाइनान्स समूहको २.८६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७३ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य ०.९० प्रतिशतले घटेको छ। 

आज लगानी समूहको सेयर मूल्य ०.९० प्रतिशत, जीवन बिमा समूहको सेयर मूल्य १.३६ प्रतिशत, उत्पादन समूहको १.५४ प्रतिशत, लघुवित्त समूहको ०.६८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मुल्य १.१६ प्रतिशतले घटेको छ। 

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता