पात्रो

रेडियो

समाचार खोजी

नेशनल म्यानेजमेन्ट फण्डको ५ प्रतिशत नगद लाभांश घोषणा

साझा अर्थ संवाददाता ६ मंसिर २०८१, बिहिवार

 

काठमाडौं । नेशनल म्यानेजमेन्ट फण्डले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । 

मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ८१ करोडको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले  पुस ३ गते होटल अकामा धुम्वाराही काठमाडौंमा साधारणसभा बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१र८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता