पात्रो

रेडियो

समाचार खोजी

नेप्से ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार

 

मंगलबार नेप्से ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा रोकिएको छ।  आइतबार भने नेप्से ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा थियो। मंगलबार कारोबारमा आएका मध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको भने घटेको छ।  कुल १० अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  

  आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नारायणी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.२७ प्रतिशत र गुँरास लघुवित्तको ५.८४ प्रतिशतले बढेको छ।    

यस्तै, न्यादी ग्रुप पावर कम्पनीको सेयर मूल्य ९.२५ प्रतिशत, समृद्धि फाइनान्सको ८.५५ प्रतिशत र जानकी फाइनान्सको सेयर मूल्य ८.२० प्रतिशतले घटेको छ। 

 बैंकिङ समूहको सेयर मूल्य १.११ प्रतिशत, विकास बैंक समूहको २.२९ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१७ प्रतिशत, जलविद्युत समूहको ३.०७ प्रतिशत, लगानी समूहको २.०८ प्रतिशत, जीवन बिमा समूहको १.९४ प्रतिशत, उत्पादन समूहको १.४८ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५० प्रतिशत र अन्य समूहको १.५८ प्रतिशतले घटेको छ। 

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता