पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सुचिकृत कम्पनीको संख्या २६७ पुग्यो, बजार पूँजीकरण ४३ खर्ब ६१ अर्ब

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार

 

चालु आवको असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । २०८० असोजमा सूचीकृत कम्पनीहरूको संख्या २६३ रहेको थियो । सूचीकृत कम्पनीहरुमा १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । 
यो अवधिमा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ६१ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवको असोज मसान्तमा बजार पुँजीकरण रु।२८ खर्ब ६१ अर्ब ५२ करोड रहेको थियो ।
असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ८३२ अर्ब ९ करोड ंपुगेको तथ्यांक छ ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता