पात्रो

रेडियो

समाचार खोजी

लाभांस प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले बोलायो साधारणसभा

साझा अर्थ संवाददाता ३ मंसिर २०८१, सोमवार

 


काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभामा  १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश हुने भएको छ । लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा मंसिर २४ गते अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि शुरु हुनेछ । 

त्यस्तै संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम गर्न सर्वसाधारणतर्फको ७ लाख ६५ हजार ३७७।६४ कित्ता शेयर प्रिमियममा थप सार्वजनिक ९एफपीओ० निष्कासन गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १८ देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । 

 

238 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु