पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकको ९ मङ्सिरसम्म कायम शेयरधनीले लाभांस पाउने

साझा अर्थ संवाददाता २ मंसिर २०८१, आइतवार

नबिल बैंकले २०८१ मङ्सिर २७ गते साधारणसभा गर्ने भएको छ । बैंकको मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले मङ्सिर २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो। बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु