काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट ५० अर्ब संकलन गर्न लागिएको जानकारी दिएको हो ।
उक्त निक्षेप संकलनमा आइतबार साँझ साढे ३ बजेसम्म आवेदन दिन पाईनेछ । न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिने उक्त निक्षेप संकलन बोलकबोलको अवधि भने २१ दिने हुनेछ । यसको सावाँ र ब्याज भुक्तानी भने मंसिर २३ गते नै गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
साझा अर्थ संवाददाता