एभरेष्ट कलर लिमिडेटले १५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पहिलो साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट ५ जना संचालक पनि चयन गरेको छ ।
साधारणसभाले सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुँगानालाई संस्थापक सेयरधनीका तर्फबाट संचालकमा निर्वाचित गरेको छ । कम्पनीमा सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना र अर्का १ स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने ब्यवस्था छ ।
कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । त्यसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।
साझा अर्थ संवाददाता