पात्रो

रेडियो

समाचार खोजी

रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९५ पैसा

साझा अर्थ संवाददाता २ मंसिर २०८१, आइतवार



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रिलायन्स स्पिनिङ मिल्सले ८ करोड ६७ लाख ७९ हजार खुद नाफा कमाएको छ। गत असारसम्म कम्पनीले ५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

 कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रहेको सार्वजनिक तथ्यांकले देखाएको छ । त्यस्तै वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रहेको छ।

१ अर्ब ७० करोड ७३ लाख ४० हजार चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार छ । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।  

यो कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रक्रियमा रहेको छ ।

 

 

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ