पात्रो

रेडियो

समाचार खोजी

रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो

साझा अर्थ संवाददाता ३० कार्तिक २०८१, शुक्रवार

पाेखरा: सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो ।

अनुसन्धानका सन्दर्भमा उहाँलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । आज दिउँसो १ः३० बजे यति एअरलाइन्सको विमानबाट उहाँलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुुमार शर्माले जानकारी दिनुुभयो । 

320 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ