पात्रो

रेडियो

समाचार खोजी
राजदुत सिफारिस

म्यानपावर व्यावसायीलाई राजदूतमा सिफारिस गरिएको भन्दै सांसद् यादवले गरे सरकारलाई प्रश्न

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

 

आज प्रतिनिधिसभाको बैठकमा सांसद् यादवले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताएका हुन् ।

 

गत शुक्रबार सरकारले साउदी अरबको राजदूतमा खानसहित बिभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको थियो । त्यसमध्ये खानको सिफारिस स्वार्थ बाझिने गरी भएको सांसद् यादवको दाबी छ ।

 

खानको सिफारिसपछि म्यानपावर व्यावसायी सशंकित भएको पनि उनले बताए । सांसद् यादवले भने, ‘म्यानपावर व्यावसायी आफैँ राजदूत भएर जाने भएपछि साउदीमा काम गर्ने म्यानपावर व्यावसायी सशंकित भएका छन् ।’

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ