काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत वर्षको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । मंसिर ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
साझा अर्थ संवाददाता