पात्रो

रेडियो

समाचार खोजी

नेप्से ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा

साझा अर्थ संवाददाता २७ कार्तिक २०८१, मङ्गलवार

 

साताको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अंकले घटेर २७४८.९६ बिन्दुमा बन्द भएको छ।  आज नेप्सेमा कुल ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  अघिल्लो कारोबार दिन सोमबार नेप्से २२.१४ अंक तथा आइतबार ६२.५४ अंक बढेको थियो । 


मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ भने ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

मंगलबार गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छीयाम् हाइड्रोपावर, बेस्ट फाइनान्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, गुडवील फाइनान्सको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको छ। 

262 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु