पात्रो

रेडियो

समाचार खोजी

आज फेरि ५० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

चार दिन अघि कात्तिक २१ गते निक्षेप संकलन उपकरणमार्फत एक खर्ब प्रशोचन गरेको राष्ट्र बैंकले आज फेरि ५० अर्ब प्रशोचन गर्ने भएको छ । 
आइतबार केन्द्रीय बैंकले निक्षेप संकल उपकरणको माध्यमबाट २१ दिनका लागि ५० अर्ब  प्रशोचन गर्ने जनाएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । 
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ । 

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्