काठमाण्डौ । लघु बीमा कम्पनीहरुलाई तत्काल साधारण सेयर (आईपीओ) निश्कासन गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दा नै कायम चुक्तापुँजीको ३० प्रतिशत सर्वसाधारणको लागि आईपीओ जारी गरी चुक्तापुँजी जुटाउन निर्देशन दिएको थियो । सोही बमोजिम तत्काल आईपीओ निष्कासन गरी लघुबीमाको चुक्तापुँजी बढाउन प्राधिकरणले निर्देशन दिएको हो ।
प्राधिकरणले लघुबीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ७५ करोड पु¥याउनु पर्ने व्यवस्था गरेको छ । सोमध्ये ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको लगानी हुनुपर्नेछ । सोही बमोजिम सर्वसाधारणको लागि आईपीओ जारी गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
हाल ४ निर्जीवन लघु बीमक र ३ लघु जीवन बीमक गरी ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । ७ वटा लघुबीमा कम्पनीको १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन हुनेछ ।
साझा अर्थ संवाददाता