पात्रो

रेडियो

समाचार खोजी

रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङबाट आइपिओ निश्कासन गर्ने बाटो खुल्यो

साझा अर्थ संवाददाता २२ कार्तिक २०८१, बिहिवार

 

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गर्न बाटो खुलेको छ। शेयर निष्काशनविरुद्ध परेको रिट बुधबार उच्च अदालतले खारेज गरिदिएसँगै कम्पनीलाई बुक  विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने बाटो खुलेको हो । हरिबहादुर केसीसहित चार जना वकिलहरुले गत असार २५ गते रिट दायर गरेका थिए ।  यसअघि  प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति देखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० सम्मले शेयर निष्काशन गर्न बाटो खुला गरिदिएको थियो  ।   तर, उच्च अदालत पाटनमा दायर गरेको रिट विचाराधिन अवस्थामा रहेकोले आइपिओ निश्कासन अन्योलमा परेको थियो । बुधबार रिट खारेज भएसँगै कम्पनीलाई मुक्ति मिलेको छ ।

रिलायन्सले २७ असारबाट लागू हुने गरी कम्पनीको ११ लाख ५५ हजार ९६० कित्ता आइपिओ सर्वसाधारणका लागि जारी गर्न लागेको थियो । आइपिओको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ निर्धारण गरेको थियो । रिलायन्स स्पिनिङ मिल्समा औद्योगिक घराना गोल्यान र एमएस समूहको संयुक्त लगानी छ । 

२०५४ सालमा स्थापना भएको रिलायन्समा १५ अर्ब लगानी रहेको र चार हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस यद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्कीलगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । उत्कृष्ट निर्यातकर्ताको रुपमा समेत यो उद्योग पटक पटक सम्मानित हुँदै आएको छ । 

996 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्