पात्रो

रेडियो

समाचार खोजी

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २१ कार्तिक २०८१, बुधवार

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। अब तीन दिन छठ, शुक्रबार र शनिवार  शेयर कारोबार नहुने हुन्लन २१ कात्तिकसम्म  कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

  मङ्सिर ४ गतेको लागि साधारणसभा बोलाएको सानिमा बैंकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

त्यस्तै मङ्सिर ७ गते साधारणसभा बोलाएको आशा लघुवित्तले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट  १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

375 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ