काठमाडौं । तिहारको विदा पछि खुलेको बजारमा सुनको मुल्यमा गिरावट आएको छ । पछिल्लो ५ दिनमा सुनको मूल्यमा प्रति तोला दुई हजार आठ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा सिमित भएको छ ।
यस्तै यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ३० रुपैयाँमा झरेको छ । यसअघि गत हप्ताको बिहीबार चाँदी प्रतितोाल २ हजार ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।
साझा अर्थ संवाददाता