काठमाडौं ÷विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १३ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । साधारण सभा मंसिर ६ गते नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज हुनेछ । तसर्थ, कात्तिक २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
साझा अर्थ संवाददाता