घरेलु बजारमा आज सुनको मूल्यले हरेक दिन आफ्नै रकेर्ड ब्रेक गर्न थालेको छ । अघिल्लो दिन प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । योसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १२० रुपैयाँ पुगेको छ ।
साझा अर्थ संवाददाता