पात्रो

रेडियो

समाचार खोजी

६ किलो सुनको सिक्काले धानेन सर्वसाधारणको माग

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिक्रीमा राखेको सुनको असर्फी दिउसो चार बजे नै सबै सकिएको छ । सुनको असर्फीका लागि ६ किलो मात्रै सुन गालिएको कारण सबै सर्वसाधारणलाई माग अनुसार दिन नसकिएको राष्ट्र बैंकले जनाएको छ । 

कात्तिक तृतीया अर्थात् धनतेरसका लागि मंगलबार विहानैदेखि सुनचाँदीको असर्फी किन्न केन्द्रीय बैंकमा सर्वसाधारणको भिड लागेको थियो ।  तर, ४ बजे भन्दा अगाडी नै स्टक क्लियर भएकाले लाइनमा बसेका दुई सयभन्दा बढीले असर्फी नपाएको टक्सार महासाखाले जनाएको छ । गालिएको सुनबाट २.५ ग्रामका दरले सिक्का बनाइएको थियो । 
अघिल्ला वर्षहरुमा चार–पाँच दिननै सुनचाँदीको असर्फी, सिक्का, मेडालियन तथा स्मारिका बिक्री गर्ने गरिएको भएपनि यसपटक सुनका असर्फी बिक्रीका लागि एकदिन मात्र तोकिएको थियो  तर, चाँदीका सिक्का, स्मारिका तथा मेडालियन भने राष्ट्र बैंकले गत आइतबारदेखि नै बिक्री वितरण गरिरहेको छ । 

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्