पात्रो

रेडियो

समाचार खोजी

चार हजार दुई  सय करदाताको पूर्ण कर परीक्षण गरिदै

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार

 

चालू आर्थिक वर्ष ०८१÷८२ मा ४ हजार २  सय करदाताको पूर्ण कर परीक्षण गर्ने आन्तरिक राजस्व विभागले तयारी गरेको छ ।  विभागले कर छली गरेको आशंकामा यी करदाताको कर परीक्षण गरी १८ अर्ब २६ करोडको कर नोक्सानी घटाउने लक्ष्य राखेको छ र्।  उच्च कर जोखिममा रहेका करदाताको छनोट गरी प्रत्येक वर्ष विभागले पूर्ण कर परीक्षण गर्दै आएको छ । 

साथै, विभागले माघसम्ममा कर परीक्षणमार्फत ६ अर्ब ३९ करोड १० लाख नोक्सानी घटाउने तक्ष्य राखेको छ । त्यस्तै, फागुनमा एक अर्ब ८२ करोड ६० लाख रुपैयाँ, चैतमा दुई अर्ब ७३ करोड ९० लाख रुपैयाँ, वैशाखमा तीन अर्ब ६५ करोड २० लाख, जेठमा दुई अर्ब ७३ करोड ९० लाख र असारमा ९१ करोड ३० लाख रुपैयाँ नोक्सानी घटाउने सरकारको लक्ष्य छ । ।

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ