पात्रो

रेडियो

समाचार खोजी

पूर्वाधार विकास बैंकले न्यूनतम तीन करोडसम्म कर्जा दिन पाउने

साझा अर्थ संवाददाता १२ कार्तिक २०८१, सोमवार

पूर्वाधार विकास बैंकले अब सार्वजनिक–निजी साझेदारी ९पिपिपी०मा प्रवद्र्धित परियोजनामा न्यूनतम तीन करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले प्रदेश तथा स्थानीय सरकारको अगुवाइमा जुटाइएको पूर्वाधार परियोजनामा प्रवाह हुने कर्जामा यस्तो सीमा लागू गरेको हो । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकले गर्ने लगानीको सीमालाई सहज पारिदिएको छ। नयाँ निर्देशन जारी गर्दै १० करोडभन्दा बढी मात्र लगानी गर्नसक्ने व्यवस्थालाई संशोधन गरी ३ करोड कायम गरेको हो।

हालसम्म न्यूनतम १० करोड रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने सुविधा छ । केन्द्रीय बैंकले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, फोहोरमैला व्यवस्थापन, खानेपानी व्यवस्थापन र ढल निकाससम्बन्धी परियोजनामा पूर्वाधार विकास बैंकले प्रवाह गर्ने न्यूनतम कर्जा प्रवाहको सीमा परिवर्तन गरिदिएको हो ।

यी क्षेत्रबाहेकका पूर्वाधार विकास परियोजनामा ३० करोड रुपैयाँभन्दा कम कर्जा प्रवाह गर्न नपाइने व्यवस्था छ । पूर्वाधार विकास बैंकले एकै क्षेत्रका परियोजनाहरूमा आफ्नो कुल कर्जा बक्यौताको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने व्यवस्था छ । यस्तो क्षेत्रगत कर्जा सीमा नाघेमा सीमाभन्दा बढी प्रवाह भएको रकम संस्थाले प्राथमिक पुँजीबाट घटाउनुपर्ने हुन्छ ।  

219 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ