पात्रो

रेडियो

समाचार खोजी

२७.४१ अंकले  बढ्दा नेप्से परिसूचक २६४५.३६ अंकमा

साझा अर्थ संवाददाता १२ कार्तिक २०८१, सोमवार

निरन्तर घटिरहेको शेयर बजारको सबै क्षेत्रमा आज हरियाली छाएको छ । सोमबार बजार २७.४१ अंकले  बढ्दा नेप्से परिसूचक २६४५.३६ अंकमा उक्लिएको छ ।  बजार बढेसँगै कारोबार रकम पनि सवा ५ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज  सबैभन्दा बढी वित्त समूह ३।४६ प्रतिशतले बढेको छ । ३०७ कम्पनीका १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८  हजार ९ सय १२।४८ रुपियाँ बराबरको कारोबार भएको हो । 

जानकी फाइनान्स, दोल्ती पावर, रिभरफल्स र मेन्छियाम हाइड्रोको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.५४ र ९.१३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै पिपुल्स हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

 

204 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ