पात्रो

रेडियो

समाचार खोजी

गड्डाचौकी नाका हुँदै छ महिनामा चार सय बढी पर्यटकको आगमन

साझा अर्थ संवाददाता १५ साउन २०८१, मङ्गलवार

कञ्चनपुरः नेपालको पश्चिमी सीमानाका गड्डाचौकी बाट पैदलमार्गहुँदै सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् । विभिन्न देशका पर्यटकहरु सो अबधिमा नेपाल प्रवेश गरेका हुन् ।
अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार  चारसय ६५ जना सो अवधिमा भारतबाट नेपाल प्रवेश गरेका छन् भने १५ जना नेपालबाट भारत प्रवेश गरेका छन् ।  
सीमानाका हँुदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेषगरी भारतमा बस्दै आएकाहरू रहेका छन् । 
भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि प्रवेश आज्ञा लिने गरेको पाइएको छ ।  यसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । तीस दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुःल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो ।

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ