काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर जारी गरेको हो । लगानीकर्ताले आजदेखि कात्तिक २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
साझा अर्थ संवाददाता