पात्रो

रेडियो

समाचार खोजी

वीरगञ्ज नाकाबाट साढे १ खर्बको आयात हुँदा ७ अर्ब ७६ करोडको निर्यात

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

काठमाडौं। वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ।

चालू आवको तीन महिनामा १ खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख ५ हजार बराबरका मालसामान आयात भएका छन्। गत आवको सोही अवधिमा भएको आयातमा ६.४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ।

गत आवको सोही अवधिमा १ खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार रुपैयाँ बराबरका सामान आयात भएका थिए। 

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो। तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ। 

चालु आवको तीन महिनामा वीरगञ्जबाट ७ अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन्। गत आवको सोही अवधिमा ८ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए। 

रासस

357 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ