पात्रो

रेडियो

समाचार खोजी

एक सय दरको ३० लाख थान नयाँ नोट छपाई गर्दै, नयाँ नोटमा नेपालको चुच्चे नक्शा

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार



काठमाडौं । नेपाल राष्ट्र बैंकले रु सय दरको ३० लाख थान नयाँ नोट छपाई गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार चुच्चे नक्सासहितको  नोट छपाई तथा ढुवानी सम्बन्धी टेन्डरको आशयपत्र जारी गर्दै रु.१०० दरका तीन सय मिलियन  नोट छपाई गरिने जानकारी दिएको हो । 
नोट छपाई, ढुवानी तथा व्यवस्थापनका लागि भएको अन्तर्राष्ट्रिय बोलकबोलमा चिनियाँ कम्पनी   चाइना बैंकनोट प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशन, चाइनाले पाएको छ ।  कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गर्नेछ । अन्ततः केन्द्रीय बैंकले चुच्चे नक्सासहितकै नेपालको नक्सा अंकित बैंक नोट छाप्ने जनाएको छ । गत वैशाख, २०८१ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० नेतृत्वको सरकारले चुच्चे नक्सासहित नयाँ बैंकनोट जारी गर्ने निर्णय गरेको थियो । 

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ