पात्रो

रेडियो

समाचार खोजी

एसबिआई मर्चेन्टले दियो प्रहरीलाई लगानी शिक्षा

साझा अर्थ संवाददाता ११ कार्तिक २०८१, आइतवार

 

विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङले एकदिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

हेटौँडा, मकवानपुरमा आयोजित कार्यक्रममा एसबिआई मर्चेन्टका इन्भेस्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीलाई सेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनुपर्ने सचेतनाबारे प्रकाश पारे । 

एसबिआई मर्चेन्ट नेपाल एसबिआई बंैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले लगानी व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र खरिद प्रत्याभूति, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्श सेवा तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । 

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ