पात्रो

रेडियो

समाचार खोजी

नेपाल औषधि लिमिटेड भन्छः सिटामोलको अभाव छैन

साझा अर्थ संवाददाता ९ कार्तिक २०८१, शुक्रवार

कार्तिक ९, काठमाडौंः नेपाल औषधि लिमिटेडले एक विज्ञप्ति जारी गर्दै नेपालमा सिटामोलको अभाव नभएको जानकारी दिएको छ । डेङ्गुका रोगीहरु बढी रहँदा सिटामोलको आभाव हुन लागेको हल्ला बजारमा चलेसँगै कम्पनीले विज्ञप्ति प्रकाशन गर्दै सो कुराको जानकारी दिएको हो । 
नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक कैलास कुमार पनेरुले  सिटामोलको उत्पादन नियमित रूपमा भइरहेको  र हालका दिनहरूमा यसको अभाव भएको हल्ला केवल भ्रममात्र भएको बताउनु भयो । 
 कम्पनीको  विक्री काउन्टरबाट  माग अनुसारको  परिमाणमा सिटामोल उपलब्ध गराउने काम नेपाल औषधि लिमिटेड बाट भइरहेको उहाँको भनाई छ । 
सिटामोल डेङ्गुको उपचारमा समेत प्रयोग गरिने औषधि हो ।

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ