पात्रो

रेडियो

समाचार खोजी

सेयर लगानीकर्ताले तिरे सात अर्ब ४० करोड लाभकर

साझा अर्थ संवाददाता ६ कार्तिक २०८१, मङ्गलवार

चालु आबको पहिलो तीन महिनामा  सेयर कारोबारबाट सरकारलाई सात अर्ब ४० करोड ३८ लाख ८२ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त भएको छ । गत आवको सोही अवधिमा सेयर कारोबारबाट  ७६ करोड पाँच लाख मात्रै राजस्व उठेको थियो । चालु आवको साउनमा चार अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ, भदौमा दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ र असोजमा ५८ करोड ६५ लााख ४० हजार रुपैयाँ राजस्व उठेको छ ।  गत आवभरमा भने पाँच अर्ब ५० करोड ७७ लाख रुपैयाँ यस्तो पुँजीगत लाभकर उठेको सिडिएससीबाट प्राप्त तथ्यांकले देखाएको छ ।  

साउनमा चार खर्ब १८ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । भदौ महिनामा दुई खर्ब ५० अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । असोजमा भने ८४ अर्ब २३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । सेयर कारोबारमा हुने खुद नाफामा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ ।  

221 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ