काठमाडौंः निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको ५८ प्रतिशत भन्दा बढी काम सकिएको छ । एक सय ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको ५८ दशमलव एक प्रतिशत काम सकिएको हो ।
आयोजनाको काम तीन ‘प्याकेज’मा काम भइरहेकोे छ । आयोजनाका अनुसार प्याकेज-१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज-२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ भने प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरा भएको छ । २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य रहेका आयोजनाको ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति रहेको छ ।
साझा अर्थ संवाददाता