पात्रो

रेडियो

समाचार खोजी

सुक्खाबन्दरगाहबाट चालु आर्थिक वर्षको तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

साझा अर्थ संवाददाता ३ कार्तिक २०८१, शनिवार

वीरगञ्जः वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्याल १२ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ ।  चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बन्दरगाह भन्सार सो राजश्व संकलन गर्न सफल भएको हो । कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको सूक्खा बन्दरगाह भन्सारको तथ्याङ्क छ । 
यो रकम गत आर्थक वर्षको भन्दा कम हो । सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन  रु २५ करोड ८४ लाख ११ हजार ले कमी भएको जानकारी दिनुभयो । सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा लक्ष्य अनुसारको प्रगति हुन नसकेको उहाँको भनाई रहेको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा रु १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व सङ्कलन भएको थियो ।

328 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्